आज्ञा खबर
बदिैवास
महोत्तरीको बर्दिवासमा मौरी पालन तालिम सञचालनमा आएको छ ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोग तथा सारथी नेपालको आयोजनामा यहँका किसानलाई आर्थिक रुपमा सबल बनाउन शनिवारदेखी ५ दिन सम्म आधुनिक मौरी पालन तालिम दिन शुरु गरेको हो । नगरपालिकाको १० वटा वडाका २६ जना कृषकलाई दिईने
तालिमको सहजिकरण प्रशिक्षक खुस कुमार खड्काले गर्ने आयोजक संस्थाले जनाएको छ ।
बर्दिवास नगरपालिकाले यस अघिपनी कृषकहरुलाई लक्षित गरी बिभिन्न संस्थाहरुको सहकार्यमा ब्यवसायिक तथा शीप मुलक तालिमहरु सञ्चालन गर्दै आएको नगरपालिकाका प्रबक्ता बिजय कुमार महतोले जानकारी दिए ।