नगरको हरेक वडाको खेती योग्य स्थानमा सडकको बिकास गरी बिद्युतीय पोलतार जडान गर्दै सिचाईको ब्यवस्था मिलाईने मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले नगरको प्राथमिकताको योजना मध्ये भित्र कृषि पनी रहेको बताएका छन।
बर्दिवासमा शनिवार आयोजित जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीले आयोजना गरेको बिशेष साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
उनले नगरभित्रका हरेक वडामा रहेको खेती योग्य स्थानमा सडकको बिकास तथा बिस्तार गरेर त्यस ठाउँमा नगरले बिद्युतीय पोलतार जडान गर्दै सेवा प्रदानगरी सिचाईको उचित ब्यवस्था मिलाईने जनाए । मेयर क्षेत्रीले हाल नगरभित्र कालोपत्रे र ढलान भईसकेका कृषि सडक र अबको योजनामा निर्माण हुने तेस्ता सडक सबैलाई बर्दिवासको मुख्य बजारहरुसंग जोडेर खेतबारीमा भएका कृषि उत्पादनलाई बजारीकरण गरीने जनाए। नगरप्रमुखले किसानको समस्यालाई निरुत्साहित गर्दै आधुनिक खेती प्रणाली तर्फ किसानलाई उत्प्रेरीत गर्दै उनिहरुको आर्थिक अवस्था सबल बनाउन जोड दिईने उल्लेख गरे।

क्षेत्रीले भने केही सहकारीले गलत काम गरेकै कारण सहकारीको बिश्वस्नियता घटेको छ , तर त्यसमा सबै सहकारीलाई मुछ्नु गलत हो । सहकारी डुब्नुमा खराब र बेईमान ऋणी पनि अर्काे कारण हो । यस्ता दुबै किसिमका बेईमानी प्रबृतीको अन्त्य नभएसम्म सहकारीले आफ्नो लक्ष्य पुरा गर्न नसक्ने जिकिर गरे। जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीका अध्यक्ष कृष्ण बहादुर सिहंको अध्यक्षतामा भएको बिशेष साधारण सभाले नयाँ सञ्चालक समिती चयन गरेको छ । जसको अध्यक्षयमा गगनदेब यादब बरिष्ठ उपाध्यक्षमा दिलिप चौधरी उपाध्यक्षमा रामदरेश यादब महा सचिबमा उमेश न्यौपाने सचिबमा मनोज कुमार नायक कोषाध्यक्षमा रामनारायण साह सदस्यमा दिनेश कुमार यादब ,अमृत कुमार झा लगायत रहेका छन ।