फरार दाेषि पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
जिल्ला अदालतसर्लाही बाट ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्धामा फैसला भई फरार रहेका २ जना दोषिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी दिनेश मण्डल धानुक र सोही जिल्ला रामनगर गाउँपालिका–२ ध्रुवा टोल निवासी रामबाबु राय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुबैजनालाई पक्राउ गरेर विहिबार सर्लाही जिल्ला अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार दिनेश मण्डल धानुक जबरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय तथा रामबाबु राय ज्यान मार्ने उद्योगमा १५ हजार जरिवाना तोकिएका दोषि हुन् ।