एकघर एकधारा नगर सरकारको नारा नगरका प्रतेक ठाउँमा खानेपानी पु¥याईने प्रमुख : क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिका भित्र आवश्यक परेका स्थानमा खानेपानीको उचित व्यवस्थापन गरेर घरघरमै पु–याईने बताएका छन ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर –८ हातिलेट स्थित सतखौलीमा संघिय सरकारको लगानीमा तराई मधेश खानेपानी योजना अन्तरगत खानेपानी पाईपलाईन बिस्तारको अनुगमन गर्ने क्रममा उनले सोकुरा बताएका हुन्।् ।
उनले नगरमा धारा जडान गर्न सकिने घरमा एक घर,एक धारा’नगर सरकारको नारा भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पु¥याउने गरी काम अघि बढाइरहेको जनाए ।
नागरिकको घरघरमै खानेपानीको उचित ब्यवस्थापन गर्नु स्थानिय सरकारको दायित्व हो’, क्षेत्रीले भने’ नगर भित्र समस्या भएका सबै वडामा छिट्टै खानेपानी पु¥याउने गरी काम भइरहेको छ ।

नागरिकको घरघरमै खानेपानी पु¥याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाएको उनको भनाई छ।
खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब पाँच सय घरधुरीका लागि संघिय सरकार तथा नगरपालिका मार्फत खानेपानी विस्तारको काम अघि बढेको छ ।
बर्षाैदेखी ईनार तथा डिप बोरीङ्गको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकोमा हाल जमिनमुनी पानीको सतह घटनाले ईनार र बोरीङ्ग धमाधम सुक्न थालेपछी यो भेगमा खनेपानीको थप समस्या भएको थियो। ईनार, बोरीङ्ग सुकेर जरुवाको अशुद्ध पानीको भरमा कस्टपुर्ण दैनिकी चलाएका यहाँका स्थानीयले अब शुद्ध पानी पाउने भएपछि खुसी भएका छन् ।
चार किलोमिटर लामो पाईपलाईन बिस्तार गरेर सत्खौली खानेपानी तथा सरसफाई उपभोक्ता समितीको ५० घन मिटर क्षमता भएको ओभरहेड ट्याङ्की बाट सञ्चालमा ल्याउन लागिएको यो खानेपानीको ३४ मिटर पाईपलाईन बिस्तारको काम सम्पन्न भएको छ।
११०,९०,७५,६३,५०,४०,२५ लिटर प्रति सेकेन्ड पानीको प्रेसर रहने पाईपलाईन बिस्तारबाट ३ हजार पाँच सय मानिस लाभान्भित हुने आयोजना उपभोक्ता समितीका अध्यक्ष हरी राना मगरले जानकारी दिए ।