आज्ञा खबर
सर्लाही
अत्यधिक गर्मीको कारण सर्लाहीको जनजीवन प्रभावित भएपछी यहाँका शैक्षिक संस्था धमाधम बन्द हुँने क्रममा छन् ।
गर्मीका कारण यो जिल्लाको स्थानीय सरकारहरुले सामुदायिक तथा संस्थागत र धार्मिक विद्यालयमा बिदा दिने क्रमलाई प्राथमिकतामा राखेका छन् ।
गर्मी बढेसंगै जिल्लाको तापमान ४८ डिग्री सेल्सियससम्म पुगेपछि अत्यधिक पठनपाठनमै समस्या भएर सर्लाहीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका हुँन । चर्को घाम, तातो हावा र उच्च तापक्रमले विद्यार्थी बेहोस हुने, पढ्न मन नलाग्ने भएर विद्यालय नै आउन छाडेपछि लालबन्दी नगरपालिकाले सूचना जारी गरी अर्को सूचना जारी नहुन्जेल विद्यालय बन्द रहने उल्लेख गरेको छ । नगरप्रमुख बासुदेव अधिकारीले अधिक गर्मीका कारण बालबालिकालाई विद्यालय आउन जानै समस्या भएपछि विद्यालय बन्द गरिएको बताए ।
उनले तापक्रम कम नहुन्जेल विद्यालय नखुल्ने समेत जनाए।