आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले ५ लाख ४१ हजार ३ सय रुपैंया बराबरको भन्सार छली भित्र्याईएका सामानहरु बरामद् गरि भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा र त्यस मातहतका अन्य प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको युरिया मल, लत्ता कपडा, किराना सामान, पेय पदार्थ, स्टेश्नरी र कस्मेटिक लगायतका सामानहरु तथा सामान ओसार्न प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेर भन्सार कार्यालय बुझाईएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
बरामद मालसामानहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।