निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १२ बिजलपुराकी ४५ वर्षीय जहरी कुमारी सिंह ९ वर्षदेखि पाठेघरको समस्याबाट पिडित थिईन । बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा उनको नि–शुल्क शल्यक्रिया भएपछी उनलाई राहत मिलेको बताउँ छिन्।

आफैले पैसा तिरेर शल्यक्रिया गराउदा ’रकम बढी लाग्ने भएकाले बाहिर गई अपरेसन गराउन सकेकी थिइनँ,’उनले भनिन्। अहिले यहि ठाउँकै अस्पतालमा पैसा नलाग्नेगरी उपचार भयो, खुशी लागेको छ।
नगरपालिकाको मेयर सरले हामी जस्तोको उपचारमा पैसा नलाग्ने गरीदिनु भयो म, वहालाई धन्यवाद दिन्छु । त्यसैगरी २० वर्ष पहिलेदेखि आङखसेकी सोही नगरपालिका वडा नम्बर ३ की ५२ वर्षिय प्रेम कुमारी बि.क.ले बर्दिवास जनसेवा अस्पतामा पाठेघरको शल्यक्रिया नगरपालिकाको रकमले गराएपछी अहिलेको नगर सरकार भगवानको बरदान भएको भन्छिन्।

उनले भनिन जति दुखे पनि मैले कहिल्यै कसैलाई भनिन्,’’अपरेसन गराएपछि आराम मिलेको जस्तो भएको छ ।’धन्य होस सरकार, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बर्दिवासको दुर्गम क्षेत्र तथा बिपन्न नागरिकको स्वास्थ्य समस्यालाई निरुत्साहित गर्दै उनिहरुको स्वास्थ्य अवस्था सबल बनाउन बर्दिवास नगरपालिकाले भांग्रेझ्याउरेलगायत बिभिन्न शिबिर तथा स्वास्थ्य संस्थाबाट रेफर गरीएका बर्दिवास नगरपालिका भित्रका बिपन्न तथा दुर्गम भेगमा बसोवास गर्ने महिलाहरुको स्वास्य अवस्थालाई नजर अन्दाजगर्दै नगरपालिकाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवासको आयोजना र बर्दिवास जनसेवा अस्पतालको प्राबिधिक सहयोगले बुधवारदेखी शुरु भएको नि–शुल्क पाठेघरको अपरेशन बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिधिबत रुपमा उद्घान गरेपछी शुरु भएको हो ।

अपरेशनमा १८ जना आङ खस्ने समस्या भएका महिलाले निःशुल्क शल्यक्रिया गराई स्वास्थ्य लाभ लिने भएका छन ।
अपरेशनमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले ब्यहोर्ने बर्दिवास जनसेवा अस्पताका संयोजक नबिन्द्र कार्की (नबराज) ले जानकारी दिए ।
हाल बर्दिवास नगरपालिका भित्रका बिपन्न तथा दुर्गम क्षेत्रमा बसोवासगर्ने महिलाको पाठेघर खस्ने समस्या बढ्दो क्रममा छ।
सानै उमेरमा विवाह गरेर वच्चा जन्माउनु,गह्रुंगो भारी बोक्नु,बच्चा अवस्थामा धेरै काम गर्नु र स्वास्थ्यको उचित ख्याल नहुनु जस्ता कार्यले पाठेघर खस्ने समस्याले ग्रसित महिलाको संख्यामा बृद्धि भएको बर्दिवासका चिकित्सकहरुको भनाई रहेको छ ।





































