अत्यधिक गर्मीको कारण बर्दिवास भित्रका शैक्षिक संस्था आईतवार सम्म बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

अत्यधिक गर्मीको कारण महोत्तरीको जनजीवन प्रभावित भएपछी यहाँका शैक्षिक संस्था धमाधम बन्द हुँने क्रममा छन् ।
गर्मीका कारण यो जिल्लाको स्थानीय सरकारहरुले सामुदायिक तथा संस्थागत र धार्मिक विद्यालयमा बिदा दिने क्रमलाई प्राथमिकतामा राखेका छन् ।

महोत्तरीको तापमान ४८ डिग्री सेल्सियससम्म पुगेपछि बर्दिवास नगरपालिका भित्रका सबै सामुदायिक ,संस्थागत तथा धार्मिक बिद्यालयमा यहि मिति २०८१ जेठ१७ गते देखी २०८१ जेठ २० गते सम्म बिदा दिईएको हो ।
उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई मध्य नजर गर्दै बर्दिवास नगरपालिका भित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा गर्मी बिदा दिईएको नगरपालिकाले जनाएको छ।

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बताए । उनले भने, ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको हो ।