सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
नागरिकता विवादमा पक्राउ परेका सञ्चार उद्यमी कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत, धनुषाका न्यायाधीश यदुराज शर्माको इजलासले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए। उनका अनुसार, जेठ १६ गतेसम्म हिरासतमा राख्न अनुमति मिलेको हो।

काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट जेठ ७ गते सिरोहियालाई पक्राउ गकाठमाडौंबाट धनुषा ल्याईएको थियो। जिल्ला अदालतले जेठ ११ गते तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
त्यसपछि प्रहरीले पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो। त्यो समय आज सकिएपछि प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालयमा मार्फत अदालतमा म्याद थपका लागि पेश गरेको हो।