निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाले बिबिध कार्यक्रमको आयोजनागरी गणतन्त्र दिवस मनाउने भएको छ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको सम्झनामा २०६५ जेठ १५ गते देखी हरेक बर्ष यो दिवस मनाउने गरीएको हो । निरंकुश एकात्मक राजतन्त्रको अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रारम्भ घोषणा भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी बर्दिवास नगरपालिकाले मंगलवार र बुधवारगरी दुईदिन दिवस मनाउँने निर्णय गरेको हो ।
दिबसलाई भब्यताका साथ मनाउन नगरपालिकाले सोमवार सर्बपक्षिय सर्वदलिय बैठकको आयोजना गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले मंगलवार साँझ ६ बजे बर्दिवासको मुख्य बजार क्षेत्र (चोक) मा सरसफाई गर्ने तथा बुधवार बिहान ७ बजे बर्दिवासको सरकारी अस्पतालको सरसफाई गरीनुको साथै अस्पतालका बिरामीलाई फलफुल बितरण गरीने बर्दिवास नगरपालिकाले जनाएको छ ।
देश भित्रका हजारौँ जनताको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटनगरी संसद् पुनःस्थापना गरेर जनतामा निरंकुशता लादेपछी गणतन्त्र स्थापनाका लागि आन्दोलनको जगका रूपमा स्थापित भयो ।
संसद् विघटनपछि माओबादी जनयुद्धको कारण देशमा संसदिय निर्वाचन हुन सकेन ।
निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला देशमा चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन जनयुद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो र पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्ति माओबादी र सात दल बिच समझदारी भएको थियो ।
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्तिहरु दुई ध्रुवमा आएपछि देशमा आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आएपछी राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलकै आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । बैठकले राजतन्त्र बिघटन गर्याे यो दिन नै गणतन्त्रको स्थापना भएको दिन हो ।