आज्ञा खबर
सर्लाही
सर्लाहीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालकको ज्यान गएको छ ।
जिल्लाको बसबरिया गाउँपालिका–१ मानपुर स्थित बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको म.प्र.०३–०३०प ९८५८ नम्बरको मोटरसाईकलर र मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र.२–०२–००१ त २२८० नम्बरको ट्याक्टर शनिबार साँझ ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक धनकौल गाउँपालिका–३ हरकठवा निवासी ३० वर्षीय सुरेश कुमार सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । रामनगर गापा अन्तर्गत सिसौट निवासी ट्याक्टर चालक ५० वर्षीय राम अबतार साहलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।