आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दीबाट करीब ३ किलो गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ निवासी २५ वर्षीय मन बहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।
लालबन्दी नगरपालिका–७ मरिनचोक स्थित बाटोमा ब्याग बोकी पैदल हिडिरहेको अवस्थामा रुम्बालाई प्रहरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा उनले बोकेको मेसी लेखिएको कालो रङको झोला भित्र सेतो बोराले बेरेको अवस्थामा २ किलो ८०० ग्राम लागु औषध गाँजा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । बरामद् भएको गाँजाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।