सवारी ज्यान, जरीवाना मुद्दामा फरार प्रतिवादी पक्राउ

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरी प्रहरीले सवारी ज्यान, जरीवाना मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडानम्बर –४ बस्ने दुखी मुखिया बिनको छोरा ६५ वर्षीय सरोज मुखिया बिनलाई पक्राउ गरीएको महोत्तरीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
मुखिया बिनलाई जिल्ला अदालत महोत्तरीबाट २०७५ कार्तिक २५ गते सवारी ज्यान मुद्दामा २३ दिन कैद र १ हजार रुपैयाँ जरिवाना ठहर गरीएको थियो ।
त्यसपछी फरार रहेका उनलाई महोत्तरी प्रहरीको गस्ति टोलीले खोज तलासको क्रममा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका सरोजलाई शुक्रवारनै जिल्ला अदालत महोत्तरीमा बुझाईएको महोत्तरी प्रहरीले जनाएको छ ।