बर्दिवासको वडा नम्बर २ ले गर्याे जेष्ठ नागरिकलाई सम्मान

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास

जेष्ठ नागरिकलाई सम्मान गरौ, नगरको गौरव बढाऔ’ भन्ने उदेश्य लिएर महोत्तरीको बर्दिवास नगरपालिका वडा न २ को आयोजनामा शुक्रवार जेष्ठ नागरिक सम्मान कार्यक्रम गरीएको छ । वडा अध्यक्ष धिरेन्द्र कुमार सिहं(श्यामराजा)को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारद्वारा प्रदान गर्दै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सो वडाका १ सय १५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरीएको हो । कार्यक्रममा उनिहरुको हिडडुलमा सहजता ल्याउन लठ्ठी समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मतब्य राख्ने क्रममा सोही वडाका जेष्ठ सदस्य तथा सामाजिक अभियन्ता उमेश आचार्यले जेष्ठ नागरिकहरु देशको अभिभावकको रुपमा रहेकाले हरेक क्षेत्रबाट सहयोग गरीनु पर्ने बताए।

उनले आर्थिक रुपमा दुर्बल अस्वस्थ जेष्ठ सदस्यलाई वडा कार्यालयको बजेटबाट ब्यवस्थान गरीनु पर्नेमा जोड दिदै बर्दिवास नगरपालिका भित्रका तेस्ता नागरिककालागी बिहान बेलुका घुमफिर गर्न, भलाकुसारी गर्न पत्रिका पढन पार्क आवश्यक रहेकाले सो निर्माणकालागी नगरपालिकाको स्वामित्वमा रहेको ऐलानी जग्गामा याथाशिघ्र जेष्ठ नागरिक पार्क बनाईनु पर्ने आवश्यकता औल्याए।
आचार्यले हाल महोत्तरीको एकजना छोराले सानो उमेरमै सिङ्गो काठमांडौ महानगरपालिकाको नेतृत्व गरीरहेको स्मरण गर्दै कुनै पनी नेतृत्वकर्ता सफल हुनुमा उस्को सल्लाहाकारको मुख्य भुमिका रहने प्रस्ट पारे ।

सामाजिक अभियानी आचार्यले भने,जेष्ठ नागरिकलाई उनको आफ्नै परिवारको हेरचाह र परिवारीक बातावरणमा रमाउन सक्नेगरी हरेक परिवारले राख्नु पर्छ,अनिमात्रै उनिहरुको सच्चा सम्मान हुनेछ ।

परिवारबाटै अलग गरीने र हेला गरेर बृद्ध आश्रमहरुमा बुवा आमालाई लगेर राखिने गलत प्रबृतीले समाजलाई गलत दिशा तर्फ लगिरहेकोले बृद्ध आश्रमहरु भत्काईनु पर्छ । हाल नगरको प्रत्येक वडामा लागु औषध दुब्र्यसनले भयाबह अवस्था सिर्जना गरिरहेको पार्ईएकाले सेबन कर्ताले बृद्ध बुवा आमालाई दुख दिईरहेको सुनेको ,देखेकोे छु, त्यसता ब्यक्तिहरुलाई पुनर स्थापना गरेर बुवा आमाको जिवनमा सहजता ल्याउनु पर्ने आजको आवश्यकता हो।
बर्दिवास नगरपालिका वडा नम्बर २ को समुदायिक भबनमा गरीएको सम्मान कार्यक्रममा सो वडाका समाजभित्र बिबिध क्षेत्रमा योगदान पुर्याएका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।