सर्लाहीबाट पाँच किलो गाँजासहित महोत्तरीका नागेन्द्र पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले बुधबार अपारहन्न साढे ४ बजे लालबन्दी बजार स्थित बर्गर हाउस अगाडी बसिरहेको अवस्थामा उनलाई गाँजासहित पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।