क्रसर उद्योगको फित्तामा बेरिएर धनुषामा एकजनाले ज्यान गुमाए

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा क्रसर उद्योगको फित्तामा बेरिएर एक जनाले ज्यान गुमाएका छन ।
बुधबार राति १२ बजे धनुषाको गोदार स्थित कमला स्टोन क्रसर उद्योगको फित्तामा बेरिएर उद्योगका मजदुर स्थानिय २० वर्षीय अर्जुन यादवले ज्यान गुमाएका हुँन ।

उद्योगको ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा बिहिवार बिहान उनको शब फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।
सोही क्रसरमा काम गर्ने बाराको निजगढ घर भएका ४५ वर्षीय खेमबहादुर मगर घाइते भएका छन ।
उनको गोदारस्थित उपचार केन्द्रमा उपचार भइरहेको बताईएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।