वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई बर्दिवास नगरपालिका द्वारा आर्थिक सहायता

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई बर्दिवास नगरपालिकाले आर्थिक सहायता गरेको छ ।

बर्दिवास नगरपालिका–३ गौरीडाँडा टोलका ३५ वर्षीय आकाश बि.क.को बैशाख २१ गते (मई ३ तारेख) का दिन मलेसियामा मृत्यु भएको थियो । मृतक परिवारलाई सहायता गर्न बिहिवार बिहान बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री र वडा अध्यक्ष बिराट कुमार बिष्ट घरमै पुगेका थिए । घरमै पुगेका नगर प्रमुखले शोकाकुल परिवार प्रती समवेदना ब्यक्तगर्र्दै मृतककी श्रीमती कुमारी कमला बिकलाई रु ५१ हजारको चेक हस्तान्तरण गरेर आर्थिक सहायता गरेका हुँन ।

आठ बर्ष अघि सेक्रेटरी गार्डको काममा मलेसिया पुगेका बि.क.ले भने जस्तो पारीश्रमिक नपाएपछी काम गर्न सम्भौता गरेर गएको कम्पनीको काम छोडेर श्रम सम्झौता बिनाकै अबैध रुपमा मलेसियामै लुकिछिपी काम गर्दै आएका थिए । मलेसियामै रहदा गएको बैशााख २१ गते (मई ३ तारेख) का दिन ड्युटीमा जानका लागि तयार भएको बेला ह्दयघातका कारण अचानक बेहोस भएर उनको मृत्यु भएको बर्दिवास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिराट कुमार बिष्टले जानकारी दिए ।

बिदेशमा श्रम सम्झौता बिना काम गरेकै कारण मृतकको शव नेपाल ल्याउन समस्या भएकाले त्यसकालागी पहल गरीदिन मृतकका परीवारले नगरपालिकालाई आग्रह गरेका थिए ।
त्यसै क्रममा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास, तथा सम्बन्धित विभिन्न निकायमा पहल गरेर एक हप्ता पछी शव नेपाल ल्याई दाह संस्कार गरीएको बिष्टले बताए ।
मृतक बि.क.का ९ बर्षिय एक छोरी र ७ बर्षिय १ छोरा छन । उनिहरुको शिक्षाको जिम्मेवारी समेत बर्दिवास नगरपालिकाले लिईएको बताईएको छ ।