सवारी ब्यवसायीको समस्यालाई बिशेश ध्यान दिदैे यातायात कार्यालय संग छलफल गरेर समाधान को बाटो खोजिने : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिच सडकमै ट्राफिक चेकजाँच गर्ने प्रबृतीको अन्त्य गरीनुपर्ने बताएका छन । महोत्तरीको बर्दिवासमा यातायात सेवा कार्यालय बर्दिवास ले आयोजना गरेको यातायात सम्बन्धि अन्तरक्रिया तथा यातायात ब्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले बिच सडकमै सवारी चेकजाँच गर्ने कार्यले दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै सवारीका साधनलाई सडकको छेउमा लगेर मात्रै चेकजाँच गर्न आग्रह गरे ।
प्रमुख क्षेत्रीले सवारी ब्यवसायीको समस्यालाई बिशेश ध्यान दिदै ब्यवसायीको समस्यामा यातायात कार्यालय संग नियमसंगत किसिमले छलफल गरेर समाधान को बाटो खोजिने जनाए । क्षेत्रीले बर्दिवास भित्र चल्ने साना सवारी साधन हरुको भाडा दर र पार्किङ्ग ब्यवस्थापनको बिषयमा यसअघि पनी प्रतिनिधिमुलक छलफल भएर कार्यान्वयन मा आएपनी त्यसमा दिगो ब्यवस्थापन नदेखिएकाले त्यसलाई पुनह ब्यवस्थापनको प्रक्रियामा लैजान आवश्यक रहेको उल्लेख गरे । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा भएको बैठक तथा छलफल कार्यक्रमका

सहभागिहरुले सवारी दर्ता,पार्किङ्ग व्यवस्थापन, एकतर्फी बाटो सञ्चालन, ट्राफिक संकेत चिन्हहरु,सवारीको गति, छाडा चौपाया,२० बर्ष भन्दा पुरानो सवारी साधनको व्यवस्थापन र विद्यालयहरुमा ट्राफिक सचेतना अभियान सञ्चालन, चालक अनुमतीपत्रमा देखिएका समस्या लगायतका विषयमा छलफल गरेको यातायात ब्यवस्था सेवा कार्यालय बर्दिवासका निबर्तमान कार्यालय प्रमुख पोशन थापाले जानकारी दिए ।