आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले आफुले कहिले पनी भ्रष्टाचार नगर्ने कसैसंग एक रुपैयाँ कमिशन पनी नखाने तर नगरिकको कामगर्दा पद र जेल गएपनी कहिले पछी नहटने बताएका छन । महोत्तरीको बर्दिवासमा बर्दिवास जनता बहुमुखी क्याम्पसले आयोजना गरेको क्यु.ए.ए तथा क्याम्पसको स्वामित्वमा जगा सम्बन्धि छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।
उनले नगरपालिकाले बिकास निर्माणकालागी बनाएको कुनै पनी योजना कटौती नगरीने हुनाले नगरपालिकाको बिकास निर्माणका काममा संघिय र प्रदेश सरकारका योजना, अनुदानको बजेट कुनै पनी कारणले आउन नसके त्यसता योजनालाई नगरपालिकाले बजेट बिनियोजन गरेर काम सम्पन्न गरीने जनाए । प्रमुख क्षेत्रीले अहिले बिकास बिरोधिहरुले बिभिन्न कारण देखाएर नगरपालिकाको स्थानिय राजस्व बन्द गराउने र बिकास हुन नदिने चलखेल गरीरहेकोले त्यस्ता ब्यक्तीको भन्डाफोर गरेर तिनलाई समाज र नगरबासीको अगाडी उभ्याईनु पर्नेमा जोड दिए । रातुनदी भित्र पुर्व स्थानिय सरकारले लगाएको ठेक्कामा ठेकेदार कम्पनीले सयौ ठुला मेशीन प्रयोग गरेर खोलानै खन्डर बनाएको स्मरण गर्दे उनले अहिलेको रातु नदीमा अत्यधिक भए ७ वटा साना मेशीन मात्र प्रयोग गरेर सामान्य उत्खनन गरीएको जिकिर गरे । क्षेत्रीले नगरपालिकाले लगाएको रातुनदी ठेक्काको ८ करोड रकम ठेकेदार कम्पनीले फिर्ता लगेमा नगरको बिकासमा बादल लाग्ने जनाउँदै यस्मा सम्पुर्ण नगरवासीले सोच्नुपर्ने उल्लेख गरे ।
नगर प्रमुखले भने म,ब्यक्तिगत प्रह्लाद क्षेत्री असफल भए त फरक नपर्न सक्छ तर बर्दिवास नगरपालिका असफल भए के हुन्छ, त्यो दृष्टिकोणबाट हेरी दिनुस, रातु नदीको ठेकेदार कम्पनीले पैसा फिर्ता मागिरहेको छ । रातु नदीको मुद्दा बर्दिवास नगरपालिकाले नै जित्छ, तर समयमै मुद्दा नजिते त्यसले सार्थकता पाउँदैन वहाहरुले माकुराले जालो लगएको जसरी नगरपालिकालाई जालमा फसाउन खोजिरहनु भएको छ । एक फरक प्रसंगमा नगर प्रमुख भन्छन नगरमा भएका ५२ वटै बिद्यालय मा १ सय नगर शिक्षक मिलान गरी सक्दा समेत कतिपय बिद्यालयमा अहिले पनी शिक्षक, पुर्वाधार र शैक्षिक समाग्रीको अभाब देखिएको छ । तपाँई हरुले जनता बहुमुखी क्याम्पसको स्तरोन्नतीको लागी रकम माग्नु भएको छ, म यस्लाई स्वागत गर्छु। नगरको बजेटले भ्याएसम्म बिधिबत किसिमले कार्यपालिकाको बैठकबाट निर्णय गराएर म बार्षिक रुपमै १० लाख रुपैयाँ नगरपालिकाको रातो किताबमै राखेर दिने घोषणा गर्छु ।
बर्दिवास जनता बहुमुखी क्याम्पसले आयोजना गरेको सो छलफल कार्यक्रममा क्याम्पसका पदाधिकारी कर्मचमरी लगायत बर्दिवास क्षेत्रका बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कहिले पनी भ्रष्टाचार नगर्ने कसैसंग एक रुपैयाँ कमिशन नखाने नगरिकको कामगर्दा पद र जेल गएपनी कहिले पछी नहटने : प्रमुख क्षेत्री

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech