नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधेश प्रदेशको अध्यक्षमा स्याङतान चयन

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधेश प्रदेशले आईतवार महोत्तरीको बर्दिवासमा अधिवेशन सम्पन्न गरेको छ ।
राष्ट्रियता समाबेशी लोकतन्त्र,समाजबाद र आदिबासी एकता नारा लिएको प्रथम मधेश प्रदेश अबिधेशनका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्का रहेका थिए। त्यसैगरी बर्दिवास नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका महासमिती सदस्य प्रह्लाद क्षेत्रीको बिशिष्ट आतिथ्यता रहेको अधिवेशनको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधेश प्रदेशका अध्यक्ष ज्योती स्याङतानको अध्यक्षतामा सम्पन्न भएको हो।
अबिधेशनले स्याङतानको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्य समिती चयन गरेको छ । जस्को उपसभापतीमा पाण्डब मंडल,रुपा श्रेष्ठ सचिबमा समिर एसमाली मगर,सजनसिंह दनुवार सह सचिबमा रिता कुमारी थारु, संतोष कुमार भुजेल,रेखा चौधरी सदस्य हरुमा सन्दिप गुर्मछान ,साबित्री मंडल ,रामराजा मंडल लगायतका रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मधेश प्रदेशले जनाएको छ ।