निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाको पर्यटकिय स्थलको सम्भाबना बोकेको वडा नम्बर १० र ११ खयरमाराको बिभिन्न ऐतिहासिक बिशेषता सहित सघन वनक्षेत्र समेतले आफ्नो भिन्दै परीचय बनाउन सफल रहेको खयरमारा क्षेत्रमा बिगत दुई बर्ष यता कालो पत्रे सहितको भौतिक पुर्वाधारको बिभिन्न निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको चुरे काछ तथा समथर भुगोल समेतलाई समेटेको नगरको सुगम तथा दुर्गम स्थल खयरमाराको वडा नम्बर ११ भित्र आर्थिक बर्ष २०८०÷८१ मा दिल बहादुर परियारको घरदेखी स्याङ्तान टोलको गुम्बाजाने सडककोे स्तरोन्नती तथा पि.सि.सि ढलान, निर्माणको काम,सम्पन्न भएको छ। १० लाख लागतमा निर्माण सम्पन्न भएको सो ढलान बाटोको कन्सलटेन्सी रु ४० हजार काटिएको बाटो उपभोक्ता समितीका सचिब रामकृष्ण थापा क्षेत्रीले जानकारी दिए ।
६ ईन्च मोटाई सहितको सडक ढलान, स्तरोन्नति, निर्माणकार्य सम्पन्न भएपछि सहज रुपमा आवतजावतगर्न सडक प्रयोग गर्नेले
स्थानिय सरकार गाउँ घरमै छ भन्ने अनुभुती गरेको बताएका छन।
२०८०÷१२ ÷४ गते सम्झौता भएर २०८१÷३ ÷३१ गते काम सम्पन्न गर्ने सम्झौता भएको सो बाटोको सम्झौता अबधि अघिनै काम सम्पन्न गरीसकिएको बाटो उपभोक्ता समितीका अध्यक्ष देबीबहादुर कटुवाल क्षेत्रीले बताए। उनका अनुसार सडक ढलान भएपछी त्यस भेगका करीब ५सय घरघुरी प्रत्यक्ष रुपमा लाभान्बित भएका छन ।
विकासको आधारभूत पूर्वाधार को मुख्य जिम्मेवारीनै स्थानिय सरकारको भएकाले त्यस अनुसारनै बिगत दुईबर्षदेखी भौतिक पुर्वाधारको कामलाई तिब्रता दिदै आएको बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए ।
उनले भने, नागरीकलाई नगरको बजेटले धान्नेगरी सके सम्म सबै समस्याबाट राहत मिल्ने किसिमले काम गरेका छौ, मेरो बाँकी अबको यो तिन बर्षे कार्यकालभित्र त्यसले निरन्तरता पाउँने छ । चुनाबमा नगरबासीलाई दिएको बचनको स्मरण गर्दै नगरप्रमुख क्षेत्रीले नागरिकको समस्या यो आर्थिक बर्षको बजेटले समाधान गर्न नसके अघिल्लो आर्थिक बर्षहरुको बजेटमा समेटेर नगरबासीको मुख्य आधारभुत आवश्यकताको कामलाई निरन्तरता दिईने नगरपालिकाको योजना रहेको छ उनले जिकिर गरे ।