आज्ञा खबर
धनुषा
धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत र नापी कार्यालयको सम्पुर्णकागजपत्र शनिवार मध्यरातमा ढल्केवर ल्याईएको छ ।
जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ श्रेस्तालगायतका आवश्यक कागजातहरु ढल्केवर ल्याएको हो । मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको विशेष सक्रियता र मिथिला ब्याडमिन्टन क्लवका अध्यक्ष संतोष कुमार महतोको अगुवाइमा कागजातहरु मध्यरातमा ढल्केवर ल्याइएसंगै यहाँका कार्यालय सञ्चालन आउने निश्चित भएको छ ।
कागजात ल्याउन स्थानीय प्रशासनले सहयोग गरेका थिए । प्रहरीको स्कटिङमा कागजातहरु ढल्केवर ल्याइएको बताईएको छ । ढल्केवरमा मालपोत कार्यालय स्थापना भएयता जनकपुरधामका लेखापढी व्यवसायीहरु आन्दोलित बनेका थिए । उनीहरु विभिन्न नारवाजी गर्दै निरन्तर आन्दोलन र प्रदर्शन गर्दै आएका थिए । उनीहरुको विरोधका बाबजुद प्रहरीप्रशासनको सहयोगमा मोठश्रेष्ताहरु ढल्केवर ल्याइएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष समेत रहेका मिथिला ब्याडमिन्टन क्लवका अध्यक्ष संतोष कुमार महतोले बताए ।
उनका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साविकका गाविसहरु ढल्केवर, बेंगाडावर, तुलसी, हरिहरपुर, नक्टाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन पालिका (मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका) क्षेत्रका नागरिक लाभन्बित हुने छन ।
मालपोत र नापी कार्यालय ढल्केवरबाट सम्भवत आगामी साताबाट सेवा सुचारु हुने छ ।
२०७२ असोज १४ मा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिएपनि मालपोत कार्यालय स्थापना हुनसकेको थिएन स्थापनाको ७ बर्ष पुग्दासम्म कार्यालयको कामकाज सुरु नभएपछी केही महिना अघि ढल्केवरमा मालपोत कार्यालय स्थापना भएसँगै दुबै कार्यालय सञ्चालनका लागि स्थासनयले माग गर्दै आएका थिए।