उपेन्द्र यादवको आग्रह : पार्टी छोडेर गएकाहरू पुरानै घरमा फर्किनू

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनपछि नयाँ यात्रामा निस्किएकाहरूलाई पुरानै घरमा फर्किन अपिल गरेका छन्।
शुक्रबार एक वक्तव्य निकालेर यादवले जसपा, नेपालबाट गत वैशाख २१ गते अलग भएर फरक पार्टीमा लागेकाहरूसँग गएका (अशोक राई) लगायत विभिन्न तह र तप्काका नेता, कार्यकर्ताहरूलाई मूलधारमा फर्कि आग्रह गरेका हुन् ।

उनले आफुले नेत्रित्बको पार्टीनै मूलधार भएको तर्कसहित एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेकाले यसमै फर्किन अपिल गरेका हुन् ।

‘जसपा उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई÷मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारमा फर्किन हुन आह्वान गर्दछौं ।’, यादवले भनेका छन् ।
अशोक राई नेतृत्वमा संघीय संसद्का ७ जना सांसदसहित विभाजित समूहले जसपा नामक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।
विभाजनपछि अशोक राईले नेत्रित्व गरेको जसपाबाट प्रदीप यादव र हसिना खातुन मन्त्री भइसकेका छन् ।