सप्तरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ। खडक नगरपालिका–५ रंजितपुरस्थित सडकमा ना.८ ख २८१६ नम्बरको ट्रकको ठक्करबाट
सोही नगरपालिका–५ खरचुइया बस्ने ६० वर्षीय साइकलयात्री मखन साहको ज्यान गएको प्रहरीले जनाएको हो ।

शुक्रबार दिउँसो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको थियो त्याहाँ उपचारको क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले दिएको सुचनामा उललेख छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको बताईएको छ।