आज्ञा खबर
धनुषा
जनकपुरधाममा स्कूल बसले मोटरसाईकललार्ई ठक्कर दिँदा एक युवकले ज्यान गुमाएका छन्।
ज्यान जानेमा विदेह नगरपालिका वडा नम्बर ७ बस्ने २० बर्षिय सँतोष यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको हो ।
शुक्रबार विहान करिब १०ः४० बजेको समयमा हुलाकी सडकखण्ड अन्तर्गत औरही–तिनकोरियाको बीचमा पर्ने जोगियारास्थित स्कूल बस र मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
विदेह नगरपालिका वडा नम्बर ७ जोगियारस्थित तिनकोरियाबाट औरही तर्फ जाँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाईकल र विपरित दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको स्कूल बस संग ठक्कर लागेको हो ।
घटना पश्चात मोटरसाईकल र स्कूल बस प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।