निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारादेखी पर्यटकीय सम्भाबित क्षेत्र चनौटे धारके, सुके डाँडा,राईदमार हुँदै सिन्धुलीको मरीन स्थित मदन भण्डारी राजमार्ग जोडने सडक कालो पत्रे सहित निर्माणगर्न शुक्रवार शिल्यान्यास गरिएको छ ।
खयरमाराको सि.टि.भि.टी चोकवाट सिन्धुलीको मरीन स्थित मदन भण्डारी राजमार्ग जोड्ने बाटो ९ किलोमिटर ६ सय मिटर सडकको स्तरोन्तिगरी कालोपत्रे गर्नका लागि महोत्तरी क्षेत्र नम्बर १ (ख) का मधेश प्रदेश सांसद भरत प्रसाद साह तथा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् । शिल्यान्यास गर्ने क्रममा सांसद भरत प्रसाद साहले मधेशकै पर्यटनको सम्भाबना बोकेको बर्दिवासको उत्तरी क्षेत्रको बिकासकालागी सधै ह्दय खोलेर लागिपर्ने बताए ।
हेर्नुहोस यो भिडियो रिपोट
बर्दिवासको खयरमारादेखी मदन भण्डारी राजमार्ग जोडने सडक कालो पत्रे सहित निर्माण शुरु

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech