छोराको हत्या गरेर फरार भएकी एक महिला पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
घरमा कोही नभएका बेला आफ्नै पाँच महिनाको छोराको घाँटी थिची हत्या गरेर फरार भएकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने अमरजित कुमारकी श्रीमती वर्ष २२ की आरतीकुमारी रहेकी छिन्।

आरतीविरुद्ध ०८० कार्तिक १९ गते कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियोे । सोही बेला देखि फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी उनलाई गत मंगलबार वीरगञ्ज महानगरपालिका–१३ बाट प्रहरीले फेला पारी पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। पक्राउ परेकी आरतीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।