सिराहामा छिमेकीको कोदालो प्रहारबाट बुधरामको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५५ वर्षीय बुधराम महतो रहेको प्रहरीले जनाएको छ ।
खेतमा लामो समयदेखी बाचाई महतो र उनका छिमेकी बुधराम बिच खेतको सीमाना विवाद थियो जमिनको विषयमा दुबैजनाको मुद्दा सिरहा जिल्ला अदालतमा चलिरहेको र आज बिहान खेतमै भेट भएका उनिहरुबिच विवाद चर्किएर बाचाईले कोदालो प्रहार गर्दा बुधरामको घटनास्थलमै मृत्यु भएको हो ।
घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको तथा घटनाको अनुसन्धान गरीरहेको सिरहा प्रहरीले जनाएको छ ।