सिराहामा लुटपाट

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिराहाको लहानमा सोमबार राति १२ बजे हतियारधारी समूहले सुतली बम पड्काएर चार वटा घरमा लुटपाट गरेका छन ।
सिरहाको लहान नगरपालिका –१७ हरिचोकमा अपरिचित हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमाबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरेको लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए ।
स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । सोही क्रममा लुटपाट गर्न पड्काइएको बमको छर्रा लागेर ५ जना घाइते भएका छन्। घाइतेहरूको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए ।

अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र अन्य सामान लुटेर भागेको पीडितहरूले प्रहरीले जनाएको छ ।
हतियारधारी समूह भारतीय रहेको र घटनापश्चात् उनिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

जानकारी दिएको छ ।