मधेश प्रदेशको सरकारबाट बाहिरिँदै एमाले र माओवादी केन्द्र

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले बाहिरिने तयारी आइतबार अन्तिम चरणमा पुगेको छ ।एमाले र माओवादी केन्द्रले सँगै सरकार छाड्ने तयारी गरेका छौँ’, माओवादी केन्द्रका एक नेताले आज्ञा खबरसंग भने ‘अहिले हामी अन्तिम तयारीको आन्तरिक छलफलमा छौँ । छलफलको निष्कर्षपछि बाँकी विषय प्रष्ट हुन्छ।
अघिल्लो हप्ता जसपा नेपाललाई विभाजित गर्दै अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि मधेश सरकारलाई ठुलो धक्का लागेको छ । सरकारबाट एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई हटाएर आफूहरूको नेतृत्वमा सरकार गठनको तयारी गरिरहेका छन् ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, २ र राप्रपाका एक एक सांसद रहेका छन् । मधेशमा ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ ।

मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । जसपा नेपाल नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा मात्र सरकार बनाउन सकिने अवस्था रहेको छ । त्यस्तै मधेशमा उपेन्द्र यादवबाट फुटेको नयाँ जसपामा कति जना सांसद छन् भन्ने स्पष्ट भएको छैन ।