मधेश सरकारले अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलले आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई आन्तरिक मिलेमतोमा वितरण गर्न विभेद गरेको आरोप लगाएको छ ।
सो बिषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको भन्दै माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै
आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई प्राप्त भएको सूचना अनुसार आन्तरिक मिलेमतोमा कुनै स्थानीय तहलाई धेरै र कुनै स्थानीय तहलाई न्यूनतम भन्दा पनि कम अनुदान दिने प्रचलन विगतमा पनि विवादित भएको सर्वविधितै छ, तसर्थ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयले सरकारको सत्ता साझेदार दलहरू तथा प्रतिपक्षी दलहरूसँगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउनुहुन ध्यानाकर्षण सहित जानकारी गराउँदछौँ’ विज्ञप्तिमा उल्लेख छ ।