नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा ड्युटीमा खटिएका सुरक्षा गार्डको हत्या गरीएको छ। जिल्लाको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेड शाखामा कार्यरत ५५ वर्षीय सुरक्षागार्ड परशुराम फुँयालको हत्या गरीएको हो।

फुँयालको बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनको शरिरमा खुकुरीले हानेर हत्या गरेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।