निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १० भांग्रेझ्याउरेमा बिहिवार एकदिने नि–शुल्क स्वास्थ्य शिविर सञ्चान गरिएको छ ।
बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेबी महतोले बिधिबत रुपमा उद्धघाटन गरेपछी शिबिर सञ्चालनमा आएको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बर्दिवासको दुर्गम क्षेत्रका नागरिकको समस्यालाई निरुत्साहित गर्दै उनिहरुको स्वास्य अवस्था सबल बनाउन नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको संयोजनमा आर्थिक,प्राबिधिक सहयोग सहित शिबिर सम्पन्न भएको हो।
बर्दिवास जनसेवा अस्पताल र बर्दिवास आँखा अस्पतालको सहकार्यमा नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवास द्वारा सञ्चालित शिविरमा महिलाको पाठेघर परीक्षण, पुरुष र महिलाको आँखा,दाँत, नि –शुल्क परीक्षण तथा औषधि वितरण गरिएको छ । शिविरबाट नगरपालिका वडा नं १० र ११ का ६९० जनाले स्वास्थ्य जाँच गराएका छन्।बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलिले परिक्षण गरेको शिबिरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको छ ।
कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएको स्वास्थ्यकर्मीले बताएका छन ।स्वास्थ्य शिविरमा स्त्रीरोगको ओ.पि.डि जाँच गराएका १ सय १५ जना महिला मध्ये ६ जनालाई पेप स्मेल जाँच गरीएको छ । परिक्षण गराउन आउने ६५ जनाको औषधिबाट स्वास्थ्य समास्या निराकरण हुने भएको छ, भने ३ जना महिलालाई पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनिहरुलाई बर्दिवास जनसेबा अस्पतालमा रेफर गरीएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी शिविरमा २ सय ७० जना स्थानीयहरुले आँखा जाँच गराएकोमा १ सय ५० जना लाभान्वित भएका छन ।
अनुभवी नेत्ररोग विशेषज्ञद्वारा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको शिबिरमा १ सय जनालाई नि–शुल्क औषधि बितरण गरीएको छ। निःशुल्क आँखा जाँच गराउन आएका मध्येबाट ४१ जनाको आँखाको समस्या चश्मावाट समाधान हुने भएकाले उनिहरुलाई निःशुल्क चश्मा उपलब्ध गराएर घर पठाईएको बताईएको छ । शिबिरमा ९ जनालाई मोतिविन्दु रोगको समस्या देखिएकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उनिहरुलाई बर्दिवास आँखा अस्पतालमा रेफर गरीएको सो आँखा अस्पतालका अध्यक्ष मकुन्द प्रसाद पौडेलले जानकारी दिए ।
तेस्तै शिबिरमा २ सय ६५ जना बिरामीहरूको निःशुल्क दन्त परिक्षण गरिएको थियो।जसमध्ये औषधिबाट उपचार सम्भब भएका ५५जनालाई शिबिरमै उपचार गरीएको छ । जाँच गराउन आएकाहरुमा ५ जनाको दाँत किराले खाएर काम नलाग्ने भएकाले उनिहरुको दाँत निकालिएको छ ।
बाँकी १ सय ५० जनाको शिबिरमा उपचार सम्भब नभएपछी थप उपचारकालागी बर्दिवास स्थित सरकारी अस्पतालमा रेफर गरीएको नेपाल रेडक्रस सोसाईटी बर्दिवास उपशाखाले जनाएको छ । शिबिरबाट रेफर गरीएका सम्पुर्ण बिरामीको उपचारमा लाग्ने खर्च बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको संयोजनमा नगरपालिकाले गर्ने नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवासका अध्यक्ष रेबन्त कार्की(सुदिप) ले जानकारी दिए ।