आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको तर्फबाट नगरको बजेट रु २५ हजार नगद सहित वडा नम्बर ६ कृष्णपुरका आगलागी पिडित रामकृष्ण महतो लगायत बर्दिवास ८ स्थित हातीलेटका बिपन्न १७ परिवारहरुलाई सोमबार बर्दिवास नगरपालिका, नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवास, रोटरी क्लब आफ बर्दिवास लगायत विभिन्न संघ संस्था तथा सहयोगी हातहरुले राहत सहयोग गरेका छन् ।
राहत वितरणको क्रममा आगलागीबाट क्षति पुगेका महतो तथा बर्दिवास नगरपालिका ८ भित्रका बिपन्न समेत गरेर १७ घरधुरीका परिवारलाई खाद्यान्न,छाता झुल लगायतका राहत सामाग्री वितरण गरीएको
बर्दिवास नगरपालिका वडा नम्बर ७ का नि–बर्तमान अध्यक्ष फाल्गुण सुस्लिङले जानकारी दिए ।
नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको रु २५ हजार सहयोग सहित राहत बितरण

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech