एमाले पर्साको निर्वाचन सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
नेकपा एमाले पर्सा जिल्लाको पदाधिकारी तथा कार्यसमिती सदस्य छनोटका लागि निर्वाचन सुरु भएको छ ।
मध्यान्ह साढे १२ बजेदेखि निर्वाचनको मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ । जिल्ला अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूमा संस्थापन पक्षले धाँधली गरेको भन्दै अर्को पक्षले विरोध गरेपछी निर्वाचन प्रक्रियामा गएको संस्थापन इतर पक्षका रामकिशोर सिंह (पराग) ले जानकारी दिए । एमाले पर्साको अधिवेशन सुरु भएको पाँचौँ दिनपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

पदाधिकारी छनोटमा आन्तरिक सहमति नजुट्दा अर्को पक्षले कार्यालयमा तालाबन्दी गरेपछी बढेको बिवादका कारण शुक्रवार साँझ निर्वाचन स्थलमा दुई पक्षबिच कुटाकुटसमेत भएको थियो । माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान राखेको संस्थापन इतर पक्षले भने आज निर्वाचन प्रक्रियामा भाग लिएको छ ।
पार्टी केन्द्रले पहल गरेपछि दुईवटै पक्षले आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएका छन । उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्षसहित अन्य पद तथा बाँकी सदस्यहरूका लागि निर्वाचन भइरहेको अध्यक्षमा निर्वाचित शर्माले बताए ।