आज्ञा खबर
धनुषा
बिजलपुरा –जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ।
भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोक सभा चुनावकालागी यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द हुँने भएको हो ।
भारतमा लोकसभा चुनाव गराउन नेपाल–भारत सीमा सिल हुने भएपछी आइतबारदेखि मङ्गलबारसम्म बिजलपुरा –जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले शनिबार जारी गरेको सुचनामा उल्लेख छ ।
इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
बिजलपुरा –जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुँदै
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech