मिटरव्याजी पिडितको समाचार संकलन गर्न गएका पत्रकारमाथी मिटरब्याजीहरुवाट आक्रमणको प्रयास

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मिटरव्याजी पिडितहरुको समाचार संकलन गर्ने क्रममा महोत्तरीको औरहीमा संचारकर्मीहरुमाथी दुर्व्यवहार भएको छ ।

मिटरव्याज पिडत समुहवाट समाचार संकलन गर्ने पुगेका पत्रकारद्वय रंजन भण्डारी र वावु प्रेम यदुबंशीमाथी बुधवार दुर्व्यवहार भएको हो ।

दुर्व्यवहारको क्रममा पत्रकार यदुबंशीको मोबाईल फुटेको छ भने भण्डारीको मोबाईल नियन्त्रणमा लिने प्रयास भएको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन ।

मिटरब्याज पीडित संघर्ष समितिले औरही बजारमा पर्दशन गरिरहेको समाचार संकलन गरिरहेको वेला एक्कासी मिटरव्याजी साहुहरुको समुह आएर आक्रमण प्रयास गरेको पिडित पत्रकारहरुले वताएका छन ।

यदुबंशी शिरिष न्युज र स्थानीय पत्रिका खवरदर्पण दैनिकका समाचारदाता हुन् भने भण्डारी नया पत्रिका र हिमालयन टेलिभिजनको महोत्तरी जिल्ला प्रतिनिधि हुँन।

समाचार संकलनको क्रममा कार्यक्षेत्रमा खटिने पत्रकारहरुको सुरक्षामा खतरा बढेको भन्दै नेपाल पत्रकार माहासंघ महोत्तरीले निन्दा गरेको छ । जनताको सुचना पाउने अधिकार र प्रेस स्वतन्त्रतामाथी हस्तक्षेप हुनेगरी पछिल्लो समय देखिएका शृंखलाबद्ध घटनाहरु दुःखद भएको माहासंघ महोत्तरीका सचिव राजकरण महतोले वताए ।