वीरगञ्जबाट नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगञ्जबाट नक्कली नेपाली रुपैयाँसहित एकजना नेपाली र एकजना भारतीय नागरिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारको पश्चिमी चम्पारण बेतिया निवासी ३० वर्षीय क्यामुदिन मियाँ र वाराको प्रसौनी गाउँपालिका– २ निवासी ४० वर्षीय हलिमा खातुन रहेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोटसहित पक्रउ गरेको हो ।

मियाँको साथबाट एक हजारको एक थान नक्कली नोट बरामद भएको छ भने खातुनको साथबाट एक हजारको १ सया २२ थान नक्कली नोट बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
उनिहरु दुवैलाई नियन्त्रणमा लिई मुद्रासम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।