महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी युवतीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर महोत्तरी
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनापछि उपचारका लागि जनकपुरधाम लैजाँदै गरेको अवस्थामा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट महोत्तरीतर्फ जाँदै गरेको मोटरसाइकल आज बिहान करिब ९ बजे अनियन्त्रित हुँदा सो दुर्घटना भएको बताइएको छ ।

मोटरसाइकलमा सवार पछाडी बसेकी ५० वर्षिया महिलाको अवस्था भने गम्भीर रहेकोले उनलाई जनकपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...