अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
नेपाली कांग्रेसका तात्कालिन सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जनाकारी दिए। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जनाकारी दिए।
यो मुद्दामा सरकारी वकिलले प्रतिवादी बनाएका मुक्ति साहले भने सफाइ पाएका छन्। जन्मकैद पाउनेमा आलम, उनका भाइ मोहम्मत महताव आलम, शेख सराद र बद्री सहनी छन्।

उनीहरूलाई पुरानो मुलुकी ऐन अनुसार जन्मकैद बापत २० वर्ष जेल सजाय हुने छ। यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये बाँकी ६ जनाको मुद्दा भने मुल्तवीमा राखिएको छ। महमद मोविन, शेश फजले हक शेश भदै शाहिर आलम गौरी शंकर साह शेश मलाकारको मुद्दा मुल्तवीमा राखिएको हो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा घाईते भएका केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।

त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ।
रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए।

रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ।