सर्लाहीको हरिपूर्वामा भीषण आगलागी

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपूर्वामा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ ।
हरिपूर्वानगरपालिका–५, धोबियाहीमा भएको आगलागीबाट पाँच भन्दा बढी घरमा क्षतिपुगिसकेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको प्रयासमा आगो निभाउने प्रयत्न भइरहेको छ ।

आगो नियन्त्रणमा लिन हरिवन नगरपालिका र महोत्तरीको सम्सीबाट दुईवटा दमकल घटनास्थलमा आइपुगेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए । आगलागी कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन ।
बुधबार मात्रै महोत्तरीको मटिहानीमा आगलागीबाट सयभन्दा बढी घर जलेर नस्ट भएका थिए ।