महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ जरलहवा टोलमा भिषण आगलागी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको मटिहानीमा भिषण आगलागी भएको छ । विहान करिब १० देखि नगरको वडा नं.६ जरलहवा टोलमा लागेको आगोले पुरा बस्ती नै जलेर नष्ट भएको छ।
मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले सो बस्तीमा रहेको करिब १०० घर जलेर क्षतिग्रस्त भएको बताए । उनले मानविय क्षतिबारे अहिले सम्म भन्ने अवस्था नभएपनि बस्ती रहेका सबै घरधुरीको धन, सम्पती, अन्न, लुगाफाटा सबै जलेर नष्ट भएको अवस्था देखिएको बताए ।

आगलागी नियन्त्रण गर्नको लागि अहिले नगरपालिकाको वारुणयन्त्र सहित, वरिपरीका पालिकाहरु, जलेश्वर, गौशला, रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले प्रयास भइरहेको मेयर मण्डलले बताए ।

अन्यन्त्रबाट समेत बारुण यन्त्र झिकाउनका लागि आग्रह गरिएको मेयर मण्डलले बताए ।अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीहरुको व्यापक उपस्थितीमा आगोलागि नियन्त्रण गर्ने प्रयास जारी रहेको छ।