बर्दिवासको वडा नम्बर ६ भित्र आर्थिक बर्ष २०७९÷८० मा ९ वटा पुर्वाधारलाई प्राथमिकता

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्र तरकारी खेतीकोलागी भिन्दै परीचय बनाउन सफल भएको बर्दिबास नगरपालिकाको वडा नम्बर ६ (किसाननगर) मा आर्थिक बर्ष २०७९÷८० मा ४ वटा कामको योजनामा ९ वटा भौतिक पुर्वाधार निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको समथर तथा सुगम भुगोललाई समेटदै तरकारी खेतीको मुख्य उत्पादन क्षेत्र समेत मानिएको वडा नम्बर ६ भित्र आर्थिक बर्ष २०७९÷८० मा सडककोे स्तरोन्नती तथा पि.सि.सि ढलान, वडा कार्यालयको भबन निर्माणको काम, मन्दिर निर्माण तथा मर्मत,गोलघर निर्माण सम्पन्न गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर निर्मार्ण सम्पन्न गरीएको बर्दिवास नगरपालिका वडानम्बर ६ का अध्यक्ष पदमबहादुर आलेले जानकारी दिए ।

वडाका बिभिन्न स्थानमा आवतजावतगर्न प्रयोग हुने ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोन्नति भएपछि सो वडाका स्थानियबासीलाई आवत जावतमा सहज भएको छ ।

बर्दिवास नगरपालिकाको वडा नम्बर ६ भित्रका नागरीकलाई स्थानिय सरकार गाउँ घरमै छ भन्ने अनुभुती गराउने उदेश्यले काम गरीएको बर्दिवास नगरपालिकाले जनाएको छ।
विकासको आधारभूत पूर्वाधार को मुख्य जिम्मेवारीनै स्थानिय सरकारको भएकाले त्यस अनुसारनै बिगत दुईबर्षदेखी भौतिक पुर्वाधारको कामलाई तिब्रता दिदै आएको वडा कार्यालयले उल्लेख गरेको हो ।
नागरीकलाई नगरको बजेटले धन्नेगरी समस्याबाट राहत मिल्ने किसिमले काम गरीएकोले आफ्नो कार्यकालभित्र त्यसले निरन्तरता पाउँने बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमनर क्षेत्रीले बताए।

उनले अघिल्लो आर्थिक बर्षको बजेटमा समेटिन नसकेको र बजेटले धान्न नधानेको योजनालाई यसबर्ष पनी समेटेर पुर्वाधारको कामलाई निरन्तरता दिईने योजना समेत रहेको जनाए। निर्माणकार्य योजना उपभोक्ता समितीको मातहतमा सम्झौता अनुसार सम्पन्न भएको उपभोक्ता समितिहरुले जनाएका छन ।
नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी निर्माणकार्य सम्पन्न गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।

सडकको बिवरण हेर्न वडा नम्बर ६ लेखिएको पि.डि एफ मा क्लिक गरेर पि.डि एफ डाउनलोड गरी योजना सम्पन्न भएको बिवरण हेर्नुहोस

P D F WADA NO 6