आज्ञा खबर
बर्दिवास
अन्य प्रभावित प्रदेश र जिल्लासँगै महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत वैशाख १६ गतेबाट हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाईने पत्रकार सोमवार संगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् ।
जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा र स्वास्थसम्बन्धी संघ संस्थाबाट तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको केन्द्र तथा घरदैलोमै पुगेर औषधि खुवाउने तयारी भइरहेको बताईएको छ ।
राष्ट्रिय अभियानअन्तर्गत प्रत्येक वर्ष हात्तीपाइले निवारणका लागि औषधि सेवन गराइँदै आएको भए पनि महोत्तरीमा रोग फैलने क्रममै देखिएको छ । गत वर्ष औषधि सेवन गराएपछि रक्त नमुना सर्वेक्षणमा जिल्लामा हात्तीपाइले बढ्दो समस्याको रुपमा पहिचान भएको स्वास्थ कार्यालयका सरुवा रोग फोकल पर्सन हरिनन्दन महतोले बताए ।
मटिहानी नगरपालिकाका ६ सय व्यक्तिमा रगत परीक्षण गर्दा २१ जनामा हात्तीपाइले देखिएपछि यसपटक थप प्रभावकरी जिल्लामा कोही नछुट्ने गरी औषधि खुवाईने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।
हात्तीपाइले रोगलागेपछी शारीरिक अशक्तता तथा अपांगता हुने खतरा भएकोले धेरैजसो संक्रमण लक्षण बिनाकै हुन पनी सक्छ ।
समुदायमा सहजै अन्य व्यक्तिहरुलाई समेत यो रोग सर्ने सम्भावना भएकोले यसबाट सचेत रहन स्वास्थ्यकर्मीले सबैमा अनुरोध गरेका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न सक्ने भएकाले आफैं सचेत भएर औषधि सेवन अभियानमा सामेल हुन स्वास्थ्य कार्यालय प्रमुख गुप्ताले सबैलाई आग्रहसमेत गरिन् ।