जनकपुरस्थित होटेलमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको फेला परेको छ ।
जनकपुरधामस्थित रामानन्दचोकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसको कोठा भित्र चुकुल लागेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर मंगलवार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा पासोमा झुन्डिएर मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
सो कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा बसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...