निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाको धार्मिक तथा एतिहासिक पर्यटकिय स्थल टुटेश्वरनाथ महादेब मन्दिर सहित सघन वनक्षेत्र समेतले आफ्नो भिन्दै परीचय बनाउन सफल भएको बर्दिबास नगरपालिकाको वडा नम्बर ५ भित्र आर्थिक बर्ष २०७९÷८० मा ५ वटा कामको योजनामा १५ वटा भौतिक पुर्वाधार निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको चुरे काछ तथा समथर भुगोलमा अवस्थित सुगम तथा बरडाँढडा जस्ता बिकट भुगोललाई समेत समेटेको वडा नम्बर ५ भित्र आर्थिक बर्ष २०७९÷८० मा सडककोे स्तरोन्नती तथा पि.सि.सि ढलान, खोल्सीमा वाल तटबन्ध, भबन निर्माणको काम, सडक ग्रेबल, सडकको किनारमा नाला निर्माण सम्पन्न गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरीएको बर्दिवास नगरपालिका वडानम्बर ५ का अध्यक्ष काहारमान स्याङ्गवाले जानकारी दिए ।
वडाका बिभिन्न स्थानमा आवतजावतगर्न प्रयोग हुने ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोन्नति भएपछि सो वडाका स्थानियबासीलाई आवत जावतमा सहज भएको छ ।
सुगम तथा दुर्गम दुबै किसिमको भुगोललाई समेटेको वडा नम्बर ५ भित्र स्थानिय सरकार गाउँ घरमै छ भन्ने अनुभुती गराउने उदेश्यले काम गरीएको बर्दिवास नगरपालिकाले जनाएको छ।
विकासको आधारभूत पूर्वाधार को मुख्य जिम्मेवारीनै स्थानिय सरकारको भएकाले त्यस अनुसारनै बिगत दुईबर्षदेखी भौतिक पुर्वाधारको कामलाई तिब्रता दिदै आएको वडा नम्बर ५ को कार्यालयले उल्लेख गरेको छ ।
नागरीकलाई नगरको बजेटले धन्नेगरी समस्याबाट राहत मिल्ने किसिमले काम गरीएकोले आफ्नो कार्यकालभित्र त्यसले निरन्तरता पाउँने वड अध्यक्ष स्याङ्गवाको भनाई रहेको छ।
उनले अघिल्लो आर्थिक बर्षको बजेटमा समेटिन नसकेको योजनालाई यसबर्ष पनी समेटेर पुर्वाधारको कामलाई निरन्तरता दिईने योजना समेत रहेको जनाए। निर्माणकार्य योजना उपभोक्ता समितीको मातहतमा सम्झौता अनुसार सम्पन्न भएको उपभोक्ता समितिहरुले जनाएका छन ।
नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी निर्माणकार्य सम्पन्न गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।
सडकको बिवरण हेर्न बाटो वडा नम्बर ५ लेखिएको पि.डि एफ मा क्लिक गरेर पि.डि एफ डाउनलोड गरी योजना सम्पन्न भएको बिवरण हेर्नुहोस