धनुषामा भएको आगलागीमा जलेर कापरको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा भएको आगलागीमा परेर एक महिलाको जलेर ज्यान गएको छ । ज्यान जानेमा हंसपुर नगरपालिका– १ भगवानपट्टीका स्थानीय ४२ वर्षीय विन्देश्वरी कापर रहेका छन् ।

सोहिस्थानमा सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा जलेर कापरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आगो प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीले आगो नियन्त्रणमालिने क्रममा जलेको अवस्थामा कापरको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।