बर्दिवासको वडा नम्बर ४ भित्र आर्थिक बर्ष २०७९÷८० को योजनामा १२ वटा निर्माण सम्पन्न

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ४ भित्र आर्थिक बर्ष २०७९÷८० मा ४ वटा कामको योजनामा १२ वटा भौतिक पुर्वाधार निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको चुरे काछ तथा समथर भुगोलमा अवस्थित भौगोलिक रुपले सुगम तथा बिकट दुबै भुगोललाई समेटेको वडा नम्बर ४ भित्र आर्थिक बर्ष २०७९÷८० सडककोे स्तरोउन्नती तथा पि.सि.सि ढलान, खानेपानी निर्माणको काम सम्पन्न गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरीएको बर्दिवास नगरपालिका वडानम्बर ४ का अध्यक्ष अक्कलबहादुर तामाङ्गले जानकारी दिए ।
वडाका बिभिन्न स्थानमा आवतजावतगर्न प्रयोग हुने ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोउन्नति भएपछि सो वडाका स्थानियबासी खुसी भएका छन् ।

सडकमा स्थानियलाई आबत जाबतकालागी सहज बनाउने उदेश्यले बाटो निमार्ण तथा सहजर सुलभ रुपमा खानेपानी उपलब्द गराउने उदेश्यले काम गरीएको बर्दिवास नगरपालिकाले जनाएको छ।
विकासको आधारभूत पूर्वाधार नै सडक र खानेपनी भएकाले बाटो स्तरीय भएसँगै त्यस स्थानका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिल्ने भएकाले अघिल्लो आर्थिक बर्षको बजेटमा समेटिन नसकेको योजनालाई यसबर्ष समेटेर पुर्वाधारको कामलाई निरन्तरता दिईने अध्यक्ष तामाङ्गको भनाई रहेको छ ।
निर्माणकार्य योजना उपभोक्ता समितीको मातहतमा सम्पन्नको सम्झौता अनुसार सम्पन्न भएको उपभोक्ता समितिहरुले जनाएका छन ।
नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी बाटो ढलान ,नाला र कुलो निर्माणकार्य सम्पन्न गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।

सडकको बिवरण हेर्न बाटो वडा नम्बर ४ लेखिएको पि.डि एफ मा क्लिक गरेर पि.डि एफ डाउनलोड गरी योजना सम्पन्न भएको बिवरण हेर्नुहोस

WADA NO 4