प्रमुख क्षेत्रीले भने, जसलिने होडबाजिमा एकले अर्काेको खुट्टा तान्ने प्रबृतीले बर्दिवासको बिकास सम्भब छैन

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकाको बिकासमा बादल र तुवाँलो लागेकोले यसलाई चिर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको वताएका छन् । महोत्तरीको बर्दिवासमा आईतवार बर्दिवास सेवा समितीले आयोजना गरेको मधेश प्रदेशका नब नियुक्त मन्त्रीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरपालिका भित्र लागेको बिकास बिरोधि बादललाई बिधि र प्रक्रियाद्धारा कानुन सम्बत किसिमले सहज रुपमा हटाउन चाहेको जनाए । त्यसकालागी यस क्षेत्रका नब नियुक्त दुईजना मन्त्रीले पहल कदमीलिनु पर्ने आवश्यता समेत उनले औल्याए ।

क्षेत्रीले अन्य स्थानको तुलनामा बर्दिवासको बिकास पछि परेको भन्दै बिकासको काममा धेरै बाधा र बिरोध आईरहेपनी बर्दिवासको बिकास आफ्नो सपना रहेकोले थोरैपनी बिचलित नभई आँट, जोश, जाँगरकासाथ काममा अहोरात्र खटिरहेकोले आफ्नो कार्यकाल भरीनै यसलाई निरन्तरता दिईने उल्लेख गरे । नगर प्रमुख क्षेत्रीले अफुले गरेको कामको समर्थन र बिरोध गर्ने दुबै किसिमका साथीहरु रहेकाले दुबै किसिमको सुझाबलाई सम्पतीको रुपमा लिएर मध्यमार्गी बाटोबाट दृढताका साथ अघि बढन चाहेको जिकिर गरे ।


बर्दिवासको बिकासकालाई यस क्षेत्रका दुबैजना मन्त्रीबाट पुर्ण साथ र सहयोग रहने प्रमुख क्षेत्रीले बिश्वास ब्यक्त गर्दै बर्दिवासमा अहिले बिकास निर्माणको काम मैले गरेको हुँ भनेर जसलिने होडबाजी चलेको हुनाले त्यस्तो सोचको अन्त्य गरीनु पर्नेमा जोड दिए ।
उनले भने बिकास भनेको कुनै एक ब्यक्तीले गरेर सम्भब छैन जसलिने होडबाजिमा एकले अर्काेको खुट्टा तान्ने प्रबृतीले बर्दिवासको बिकास सम्भब छैन ।

बिकास गर्न सबैको साझेदारी हुनुपर्छ ,बिकास कुनै एउटा राजनितिक दलकोलागी मात्रै हुदैन आम नागरीककोलागी हुन्छ ,
कुनैपनी स्थानको बिकास भएमा त्यसको लाभगा्रही सम्पुर्ण नागरीक हुन्छ ,त्यसैले राजनितीक भागबन्डा र लुछाचुडी भन्दापनी नागरीकको आधारभुत आवश्यकताप्रती सबै एकजुट भएर जिम्मेवार बन्नुपर्ने आजको आवश्यकता हो । देशमा तिनै तहको सरकारमा अलग पार्टीका मन्त्री ,जनप्रतिनिधि हुन सक्छन ति जनप्रतिनिधिले आफ्नो पाटी मात्रै हेरेर काम गरे भने बर्दिवास मात्रै नभएर पुरैदेशकै बिकास सम्भब छैन, त्यसैले यस्ता गलत अराजनितीक कु संस्कारको अन्त्य गरीनु पर्छ ।
बर्दिवास सेवा समितीका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बर्दिवास क्षेत्रका बिभिन्न राजनितीक दल,संघ संस्था, नागरीक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।