निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरमा साहित्यको बिकास हुँदैगएको बताएका छन ।
शनिवार महोत्तरीको बर्दिवासमा २९ औ राष्ट्रिय छन्द दिबस,काब्य बाचन तथा शिशिर घिमिरे प्रतिभा सम्मान कार्यक्रमलाई सम्बोधनगर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।
उनले स्वर्गिय साहित्यकार शिशिर घिमिरेको स्मरण गर्दै साहित्यको माध्यमबाट समाज बदल्ने कुरालाई घिमिरेले सधै आत्मसाथ गरेर अघिबढन चाहेको जनाए । प्रमुख क्षेत्रीले ,भने घिमिरे भाईले राजनितीको माध्यमबाट सामाजिक बिकास गर्ने कुरामा मलाई सधै साथ र सहयोग गर्न अग्रसर रहेकोले उनले दिएको सुझाबलाई आत्मसाथ गर्दै नगरको बिकासमा आफ्नो कार्यकाल भरीनै कामगर्न तल्लिन रहने छु । पछिल्ले समयमा नगरभित्र साहित्यले बिकास गर्दै गएको छ, यसलाई थप बिकासगर्न स्थानिय सरकारले सक्ने साथ रहयोग गरेर अझ बढी बिकसित गरेर लैजान आवश्यक ठानेको छु ।
शिशिर घिमिरे प्रतिभा प्रतिष्ठानका अध्यक्ष साहित्यकार प्रेम धिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
बिभिन्न साहित्यीक संघ संस्थाका प्रतिनिधि, साहित्यकारले छन्द,काब्य बाचन गरेका थिए ।
कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमद्वारा शिशिर घिमिरे प्रतिभा प्रतिष्ठानलाई सहयोग स्वरुप प्रदान गरीएको नगद ११ हजार १ सय ११ रुपैया साहित्यकार सुमन सारङ्गीलाई प्रदान गरी सम्मान गरीएको प्रगतिशिल लेखक संघ मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले जानकारी दिए ।
त्यसैगरी साहित्यकार मिना देबकोटाले शिशिर घिमिरे प्रतिभा प्रतिष्ठानलाई रु १० हजार नगद प्रदान गरेकी छिन ।
देबकोटाले प्रदान गरेको रकम २०८१ सालको शिशिर घिमिरे प्रतिभा सम्मान कार्यक्रममा बिपन्न तथा जेहन्दार छात्र, छात्रागरी दुईजनालाई ५ हजारको दरले प्रदान गरीने घिमिरेले बताए।